गोरखा-२ को विकासका लागि ‘संसदीय क्षेत्र विकास एवं समन्वय बोर्ड’ गठन हुँदै, विज्ञसँग आवेदन आह्वान

हिमाल प्रेस ३० असार २०८३ १४:३७ | Tuesday, July 14, 2026
6
SHARES
गोरखा-२ को विकासका लागि ‘संसदीय क्षेत्र विकास एवं समन्वय बोर्ड’ गठन हुँदै, विज्ञसँग आवेदन आह्वान गोरखा निर्वाचन क्षेत्र नम्बर २ का सांसद कविन्द्र बुर्लाकोटी।

काठमाडौँ- गोरखा निर्वाचन क्षेत्र नम्बर २ को दीर्घकालीन, योजनाबद्ध तथा सहभागितामूलक विकासलाई लक्ष्य गर्दै ‘संसदीय क्षेत्र विकास एवं समन्वय बोर्ड’ गठन प्रक्रिया अघि बढाइएको छ।

सांसद कविन्द्र बुर्लाकोटीको सचिवालयले सूचना जारी गर्दै क्षेत्रको विकास आवश्यकता पहिचान, योजना निर्माण तथा सम्बन्धित निकायसँग समन्वय गर्ने उद्देश्यले बोर्ड गठन गर्न लागिएको जनाएको हो।

सचिवालयका अनुसार सुशासन, समृद्धि, लोकतन्त्र र लोककल्याणकारी राज्य निर्माणको अभियानलाई नागरिक सहभागितामार्फत प्रभावकारी बनाउन विभिन्न विषयगत कार्यदल तथा समितिहरू गठन गरिनेछ।

बोर्डअन्तर्गत शिक्षा, स्वास्थ्य, पूर्वाधार, कानुनी सहायता, प्राकृतिक स्रोत तथा वातावरण, स्थानीय सुशासन, जनसम्पर्क, सञ्चार, उद्योग तथा रोजगारी, युवा तथा प्रवास र यातायात सेवा लगायतका ११ वटा विषयगत कार्यदल तथा समितिहरू रहनेछन्।

यी कार्यदलहरूले स्थानीय पार्टी संयन्त्र, सरोकारवाला निकाय तथा समुदायसँग समन्वय गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन, रोजगारीलगायत क्षेत्रका समस्या पहिचान गरी समाधानका लागि आवश्यक पहल गर्ने जनाइएको छ।

सचिवालयका अनुसार यो अभियान पूर्ण रूपमा स्वयंसेवी हुनेछ। विषयगत समूहमा पार्टीको औपचारिक जिम्मेवारीमा नरहेका विज्ञ, पेसाकर्मी तथा स्वतन्त्र शुभेच्छुकहरूलाई प्राथमिकता दिइनेछ। आवश्यकता र कार्यक्षेत्रका आधारमा कार्यदल तथा सदस्य संख्या थपघट गर्न सकिने व्यवस्था पनि गरिएको छ।

यस अभियानमा सहभागी हुन इच्छुक व्यक्ति तथा विषयविज्ञहरूले २०८३ साल साउन १५ गतेभित्र सचिवालयले उपलब्ध गराएको अनलाइन फारममार्फत आवेदन दिन सक्नेछन्।

सांसद कविन्द्र बुर्लाकोटीको सचिवालयले गोरखा क्षेत्र नम्बर २ को दीर्घकालीन र योजनाबद्ध विकासमा योगदान दिन इच्छुक विज्ञ, पेसाकर्मी तथा शुभेच्छुकहरूलाई आवेदन दिन आग्रह गरेको छ।

प्रकाशित: ३० असार २०८३ १४:३७ | Tuesday, July 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast