काठमाडौँ- प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले उठेर विरोध गरेका छन् । सिंहदरबारस्थित संसद् भवनमा सभामुख बिहीबार डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने वितिक्कै विपक्षी दलहरूले बैठकमा आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन् । अहिले सभामुख अर्यालले कांग्रेस सांसद हरिनादेवी कामीलाई बोल्न समय दिएका छन् ।
प्रकाशित: २५ असार २०८३ ११:४४ | Thursday, July 9, 2026
प्रतिक्रिया




