सर्वाधिक गोलकर्तामा फेरि मेस्सी

हिमाल प्रेस २४ असार २०८३ ७:३९ | Wednesday, July 8, 2026
6
SHARES
सर्वाधिक गोलकर्तामा फेरि मेस्सी

काठमाडौँ- साविक विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी यस विश्वकपमा सर्वाधिक गोलकर्ताको सूचीमा लगातार दबाब बनाइरहेका छन्। उनले यस विश्वकपमा मात्रै आठ गोल गरेका छन्। इजिप्टसँगको खेलमा एक थप गर्दा सर्वाधिक गोलकर्ताको पहिलो सूचीमा मेस्सी फेरि परेका हुन्।

समग्र विश्वकपमा पनि उनी नै सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन्। उनले २१ गोल गरेका छन्। उनीपछि यस विश्वपकमा दोस्रो बढी गोलकर्ता फ्रान्सका कप्तान किलियन एम्बाप्पे, नर्वेजियन स्टाइकर इर्लिङ हालान्ड छन्। उनीहरूको हालसम्म समान ७ गोल छ। यस पटक सर्वाधिक गोलकर्ताको दौड रोचक बनेको छ। सर्वाधिक गोलकर्ताले गोल्डेन बुट पाउने भएकाले पनि यो दौड रोचक मानिदै आएको छ।

प्रकाशित: २४ असार २०८३ ७:३९ | Wednesday, July 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast