विश्वकपमा मेस्सीको पहिलो ह्याट्रिक

हिमाल प्रेस ३ असार २०८३ ८:४० | Wednesday, June 17, 2026
32
SHARES
विश्वकपमा मेस्सीको पहिलो ह्याट्रिक

काठमाडौँ- फिफा विश्वकप २०२६ अन्तर्गत जारी खेलमा अर्जेन्टिनाका लियोनल मेस्सीले ह्याट्रिक गरेका छन् । अल्जेरियाविरुद्धको खेलमा उनले १७, ६० र ७० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।

यो ह्याट्रिकसँगै मेस्सीले विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमानसमेत बराबरी गरेका छन् । विश्वकपमा १६ गोल गर्दै मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोसको नाममा रहेको कीर्तिमानी बराबरी गरेका हुन् ।

सन् २००६ मा विश्वकपमा डेब्यु गरेका मेस्सीले अल्जेरिया विरुद्ध खेलेपछि छैटौं विश्वकप खेल्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका थिए । उनले सन् २०१० को विश्वकप बाहेक पाँच विश्वकपमा गोल गरेका छन्। चार वर्षअघि कतारमा मेस्सीले आप्नै कप्तानीमा अर्जेन्टिनालाई विश्वकप उपाधि जिताएका थिए । यस्तै विश्वकपमा मेस्सीले कीर्तिमानी २७औं खेल खेलेका छन् ।

योसँगै उनले फिफा विश्वकपमा सर्वाधिक गोलको कीर्तिमानी बराबरी गरेका छन् । मेस्सीको करिअरमा यो विश्वकपको पहिलो ह्याट्रिक समेत हो ।

प्रकाशित: ३ असार २०८३ ८:४० | Wednesday, June 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast