काभा च्याम्पियनसिप : श्रीलंकाविरुद्ध मैदान उत्रदै नेपाल

हिमाल प्रेस ७ साउन २०८३ ६:५७ | Thursday, July 23, 2026
6
SHARES
काभा च्याम्पियनसिप : श्रीलंकाविरुद्ध मैदान उत्रदै नेपाल

काठमाडौँ- नेपाल राष्ट्रिय पुरुष भलिबल टोलीले सेन्ट्रल एसियन भलिबल एसोसियसन(काभा) च्याम्पियनसिपमा आज श्रीलंकासँग खेल्दैछ। खेल पाकिस्तानको इस्लामावादमा नेपाली समय अनुसार ११ बजे सुरु हुनेछ।

पहिलो खेलमा कजाखस्तानसँग नेपाल सानदार प्रदर्शनका बावजुद ३–२ को सेटमा पराजित भयो। पहिलो दुइ सेटमा कमजोर प्रदर्शन गरेपनि नेपालले तेस्रो खेलमा सानदार प्रदर्शन गर्दै ३४–३२ को जित निकालेको थियो। चौथो सेटमा नेपाल पुनः जित निकाल्न सफल भयो। तर, पाचौं सेटमा चुक्दा पहिलो खेलमै पराजित हुन पुग्यो।

हरिहजुर थापाको कप्तानीमा नेपाली टिमको प्रशिक्षण जगदिश भट्टले गराइरहेका छन् ।

अब, नेपालले शुक्रबार आयोजक पाकिस्तान, आइतबार बंगलादेश, सोमबार समूहको अन्तिम खेलमा उज्वेकिस्तान सँग खेल्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast