भारतको पहिलो निजी अर्बिटल रकेटको सफल प्रक्षेपण

हिमाल प्रेस २ साउन २०८३ १८:४६ | Saturday, July 18, 2026
6
SHARES
भारतको पहिलो निजी अर्बिटल रकेटको सफल प्रक्षेपण

काठमाडौँ- हैदराबादको स्पेस कम्पनी स्काइरुट एरोस्पेसले शनिबार भारतको पहिलो निजी अर्बिटल रकेट ‘विक्रम–१’ सफलतापूर्वक प्रक्षेपण गरेको छ।

रकेटको प्रक्षेपण आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित प्रक्षेपण केन्द्रबाट गरिएको हो।

यसलाई स्थानीय समयअनुसार बिहान ११ः३० बजे प्रक्षेपण गर्ने तालिका थियो। तर, उडानभन्दा करिब पाँच मिनेट अगाडि काउन्टडाउन रोकिएको थियो। केही समयको पर्खाइपछि प्रक्रिया पुनः सुरु गरियो र रकेटलाई सफलतापूर्वक प्रक्षेपण गरियो।

समाचार एजेन्जी पीटीआईलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार ‘मिसन आगमन’ नाम दिइएको यस परीक्षण उडानअन्तर्गत विक्रम–१ विभिन्न प्राविधिक परीक्षणहरुसँग सम्बन्धित पेलोडहरु लिएर प्रस्थान गरेको हो।

यस रकेटले आफूँसँगै प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा पोस्टकार्ड र ‘कस्मिक ब्लुम’ नामक एउटा कलाकृति पनि लगेको छ। स्काइरुट एरोस्पेसले यअसघ सन् २०२२ मा सबअर्बिटल रेकट प्रक्षेपण गरेको थियो।

भारतको पहिलो निजी अर्बिटल रकेट विक्रम–१ को सफल परीक्षणमा इसरो प्रमुख वी.नारायणनले स्पेस कम्पनी स्काइरुट एरोस्पेसको प्रशंसा गरेका छन्।

‘आजको दिन भारतीय अन्तरिक्ष क्षेत्रका लागि अत्यन्तै महत्वपूर्ण छ। यसका लागि हामी प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्व्लाई धन्यवाद दिन्छौँ। मात्र आठ वर्षअघि सुरु भएको स्टार्टअप कम्पनी स्काइरुट एरोस्पेसले अर्बिटल लन्च भेहिकल विकसित गर्‍यो र पहिलो प्रयासमै सफल मिसन पूरा गर्‍यो,’ उनले भनेका छन्।

भारत निजी अर्बिटल प्रक्षेपण क्षमता भएको तेस्रो देश बनेको उनले उल्लेख गरेका छन्।

प्रकाशित: २ साउन २०८३ १८:४६ | Saturday, July 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast