काठमाडौँ- नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। बिहीबार तोलामा दुई हजार चार सय रुपैयाँ घटेको सुनको मूल्य शुक्रबार प्रतितोला दुई हजार सात सय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला दुई लाख ८७ हजार चार सय रुपैयाँमा किनबेच भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ८४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा चार हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार पाँच सय १० रुपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ७० रुपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस ४ हजार एक सय १५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित: २६ असार २०८३ ११:१९ | Friday, July 10, 2026
प्रतिक्रिया



