गणेश नेपाली आत्मदाह घटना : डीआईजीको नेतृत्वमा छानबिन समिति गठन

हिमाल प्रेस २६ असार २०८३ १६:५३ | Friday, July 10, 2026
10
SHARES
गणेश नेपाली आत्मदाह घटना : डीआईजीको नेतृत्वमा छानबिन समिति गठन गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले आत्मदाह गरेका गणेश नेपालीको मोटरसाइकलमा ट्राफिकले नभइ नगर प्रहरीले ह्वील लक लगाएको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा समय लिएर आफ्नो धारणा राख्दै गृहमन्त्री गुरुङले यस्तो बताएका हुन्।

‘मैले धेरै साथीभाइ देखेँ, माननीयज्यूहरु घाँटी सुक्नेगरी चिच्याइरहनु भएको थियो, देखेँ मैले, यो भन्दै गर्दैगर्दा, कसरी उहाँहरुलाई सान्त्वाना दिने, गृह मन्त्रालयमा टिम बनाएर छलफल गरिरहेका थियौँ,’ उनले भने,‘सभामुखमार्फत म सोध्न चाहन्छु, हिजो कति जना हुनुहुन्थ्यो हिजो हस्पिटलमा तपाईँहरु? जति जनाले घाँटी सुकाएर चिच्चाइरहनु भएको छ अहिले।’

गृहमन्त्री गुरुङले सदनमा घाँटी चिच्याएरमात्रै नहुने बताए। जनताको सेवा मुखले नभइ हातले गर्नुपर्ने उनको भनाइ छ।

‘जनताको सेवा मुखले भनेर होइन हातले गर्नुपर्छ, मुखले भनेको पचासौँ वर्ष भइसक्यो,’ गुरुङले भने,‘आफ्नो जनताको सेवा ठाउँमा गएर गर्नुपर्छ, मुखले बोलेर हुँदैन।उहाँहरुको पीडा ठाउँमा बुझेर गर्नुपर्छ, त्यसलाई तपाईँहरु स्टन्टबाजी भन्नु हुन्छ।’

आफूलाई कसैका लागि स्टन्टबाजी गर्ने इच्छा नभएको बताउँदै उनले देशको सेवा गर्न आएका जिकिर गरे।

‘हामीलाई थाहा छ हामीले यो फेज कसरी पार ग¥यौँ, हामीलाई मात्र थाहा छ त्यो पीडा,’ गुरुङले सांसदहरुलाई भने,‘सरकार कसरी सञ्चालन हुन्छ भनेर म सिकाउन चाहन्छु।’

गृहमन्त्री गुरुङले घटना घटेको ठाउँमा ट्राफिकले ह्वील लक नलगाएको जिकिर गरे।

‘ट्राफिकले ह्वील लक गरेको होइन, कुनै भिडियोमा छ ट्राफिकले ह्वील लक गरेको छ?’ उनले भने,‘नगर प्रहरीले लगाएको छ, म विपक्षी दलका साथीहरुलाई सोध्न चाहन्छु स्थानीय सरकार कसको छ अहिले? राष्ट्रिय स्वतन्त्र पार्टीको छ? प्रदेश सरकार राष्ट्रिय स्वतन्त्र पार्टीको छ? दुई तहको सरकार त तपाईँहरुसँग छ। यो नियम कानुन हामीहरुले बनाएको हो? तपाईँहरुले बनाएको नियम कानुन कार्यान्वयन गर्न नसकेर हामीले गरेर देखाएको हो। त्यही नियम कानुनमा टेकेको हो हामीले।’

गृहमन्त्री गुरुङले गणेश नेपालीलाई जोगाउन आथाह प्रयास गरे पनि सफलता पाउन नसकेको उल्लेख गरे। स्थानीय सरकारको जिम्मेवारी भए पनि नागरिक जोगाउन अधिकतम प्रयास गरेको उनले बताए।

गृहमन्त्री गुरुङ गणेश नेपाली आत्मदह घटना छानबिन गर्न समिति गठन गरेको जानकारी दिए। उनले डीआईजी गोविन्द थपलियाको संयोकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको बताए।

उनले सोधपुछका लागि तीन जना महानगर प्रहरीलाई नियन्त्रणमा लिएको समेत जानकारी दिए। गृहमन्त्री गुरुङले यो घटनाको निष्पक्ष ढंगबाट छानबिन हुने बताए। गृहमन्त्री गुरुङले गणेश नेपाली आत्मदाहको घटनालाई राजनीतिकरण नगर्न आग्रह गरे।

प्रकाशित: २६ असार २०८३ १६:५३ | Friday, July 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast