वर्षा भएसँगै बढ्यो बाढीको जोखिम, यी जिल्ला खतरामा

हिमाल प्रेस १७ असार २०८३ ९:२४ | Wednesday, July 1, 2026
10
SHARES
वर्षा भएसँगै बढ्यो बाढीको जोखिम, यी जिल्ला खतरामा

काठमाडौँ- काठमाडौँसहित २६ जिल्लामा बाढीको जोखिम देखिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। बाढी महाशाखाले आज बिहान जारी गरेको प्रक्षेपणअनुसार काठमाडौँ भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङमा बाढी आउने सम्भावना छ।

झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, गोरखा, चितवन, तनहुँ, लमजुङ, कास्की, नवलपरासी-पश्चिम, रुपन्देही, कपिलवस्तुमा पनि आज बाढी जोखिम देखिएको छ।

दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको पनि आज बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ।

 

प्रकाशित: १७ असार २०८३ ९:२४ | Wednesday, July 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast