डोल्पामा बाढी : १० घरमा क्षति, नेपाली सेनाद्वारा उद्धार जारी

हिमाल प्रेस २१ असार २०८३ १२:२२ | Sunday, July 5, 2026
4
SHARES
डोल्पामा बाढी : १० घरमा क्षति, नेपाली सेनाद्वारा उद्धार जारी

काठमाडौँ- डोल्पाको जगदुल्ला गाउँपालिका-५ गैरीगाउँस्थित धुलाखोलामा आएको बाढीले ८ देखि १० वटा घरमा क्षति पुर्‍याएको छ।

नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार आइतबार बिहान करिब ३ बजे परेको अविरल वर्षापछि आएको बाढीले स्थानीय बस्तीमा क्षति पुर्‍याएको हो।

घटनापछि नेपाली सेनाको संग्राम शार्दूल गुल्मबाट खटिएको फौजले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीसँगको समन्वयमा खोज तथा उद्धार कार्य सञ्चालन गरिरहेको निर्देशनालयले जनाएको छ।

बाढीबाट प्रभावित क्षेत्रको अवस्थाबारे थप विवरण संकलन भइरहेको तथा क्षतिको यकिन विवरण आउन बाँकी रहेको नेपाली सेनाले जनाएको छ।

प्रकाशित: २१ असार २०८३ १२:२२ | Sunday, July 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast