निर्माण व्यवसाय नवीकरण नगर्ने ४४ फर्मको कम्पनी इजाजतपत्र स्वतः खारेजी

हिमाल प्रेस २७ असार २०८३ १२:५८ | Saturday, July 11, 2026
12
SHARES
निर्माण व्यवसाय नवीकरण नगर्ने ४४ फर्मको कम्पनी इजाजतपत्र स्वतः खारेजी

काठमाडौँ- पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगर्ने ४४ फर्म तथा कम्पनीको इजाजतपत्र स्वतः खारेजी भएको जनाएको छ ।

पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको निर्माण व्यवसाय प्रवर्धन शाखाले निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि २०८२ चैत मसान्तभित्र अनिवार्य रूपमा इजाजतपत्र नवीकरण गर्नुपर्ने व्यवस्था रहेकामा सो अवधिभित्र नवीकरण नगरेका ४४ वटा निर्माण व्यवसायीको इजाजतपत्र स्वतः खारेजी भएको सूचनामा उल्लेख गरिएको छ ।

मन्त्रालयले सोही ऐनको दफा ७ को उपदफा ३ बमोजिम स्वतः खारेज भएको सूचनामा उल्लेख गरिएको छ । मन्त्रालयले सोही ऐनको दफा ७ ९४० प्रयोजनाका लागि मन्त्रालयको सचिवस्तरको गत असार १७ गतेको निर्णयानुसार सूचना प्रकाशन गरेर जानकारी दिएको हो । रासस

प्रकाशित: २७ असार २०८३ १२:५८ | Saturday, July 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast