१५ अर्ब रुपैयाँको ऋणपत्र जारी हुँदै

हिमाल प्रेस २९ असार २०८३ १२:३५ | Monday, July 13, 2026
10
SHARES
१५ अर्ब रुपैयाँको ऋणपत्र जारी हुँदै

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबार १५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । १ वर्ष अवधि रहेको उक्त ऋणपत्र खरिदका लागि बैंक तथा वित्तीय संस्थाले बोलकबोल गर्न सक्नेछन् ।

न्यूनतम ब्याजदर कबोल गर्ने संस्थालाई प्राथमिकता दिँदै ऋणपत्र प्रदान हुनेछ । यसभन्दा अघि गत बुधबारको ऋणपत्रको ब्याजदर २.७२ प्रतिशत कायम भएको थियो । २०८४ असार २९ गते साँवा भुक्तानी हुने ऋणपत्रमा अर्धवार्षिक रुपमा ब्याजदर प्रदान हुने राष्ट्र बैंकले जनाएको छ ।

यस ऋणपत्रको नाम ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ छ’ रहेको छ । बैंक तथा वित्तीय संस्थाले न्यूतम ५ करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने कुल रकमसम्मकै लागि बोल गर्न सक्नेछन् । चालु आर्थिक वर्षको अन्तिमतिर राष्ट्र बैंकले धमाधम ऋणपत्र जारी गरिरहेको छ ।

 

प्रकाशित: २९ असार २०८३ १२:३५ | Monday, July 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast