सुनसरी घटनापछि मोरङमा सर्वपक्षीय बैठक, सामाजिक सद्भाव जोगाउन प्रशासनको पहल

हिमाल प्रेस १४ साउन २०८३ १०:१५ | Thursday, July 30, 2026
10
SHARES
सुनसरी घटनापछि मोरङमा सर्वपक्षीय बैठक, सामाजिक सद्भाव जोगाउन प्रशासनको पहल

विराटनगर- सुनसरीको देवानगन्जमा भएको घटनाको प्रभाव मोरङमा पनि पर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय मोरङले सर्वपक्षीय बैठक बोलाएको छ।

जिल्लामा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्ने उद्देश्यले बिहीबार दिउँसो ३ बजे विराटनगरस्थित मोरङ उद्योग व्यापार संघको सभाहलमा बैठक आयोजना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले जानकारी दिए।

बैठकमा सामाजिक सद्भाव जोगाउन सबै पक्षको भूमिका, सद्भाव र्‍याली आयोजना गर्ने विषय तथा शान्तिसुरक्षासँग सम्बन्धित समसामयिक विषयमा छलफल हुने जनाइएको छ।

प्रशासनले स्थानीय तहका प्रमुख, जिल्ला समन्वय समितिका प्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकाय, हिन्दू तथा मुस्लिम समुदायका संघसंस्था, पत्रकार महासंघ, उद्योगी व्यवसायीका संगठन र होटल व्यवसायीका प्रतिनिधिलाई बैठकमा सहभागी हुन निमन्त्रणा दिएको छ।

प्रकाशित: १४ साउन २०८३ १०:१५ | Thursday, July 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast