महाकालीमा घट्यो जलप्रवाह, गुड्न थाले गाडी

हिमाल प्रेस ६ साउन २०८३ ८:१९ | Wednesday, July 22, 2026
महाकालीमा घट्यो जलप्रवाह, गुड्न थाले गाडी

कञ्चनपुर- महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको यातायात पुनः सञ्चालनमा आएको छ। महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि यहाँको शारदा ब्यारेज /बनबासा पुलमा चारपाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले मंगलबार साँझ महाकाली नदीमा पानीको बहाव ८६ हजार क्युसेक मापन गरिएको जानकारी दिए । ‘दिउँसोसम्म नदीमा पानीको बहाव एक लाख २४ हजार क्युसेकसम्म पुगेको थियो,’ प्रवक्ता रावतले भने, “महाकालीमा जलस्तर घटेसँगै बनबासा पुलमा सवारीसाधन सञ्चालन भएको छ ।’

पानीको बहाव बढ्दा मङ्गलबार बिहानैदेखि मोटरसाइकल र पैदल यात्रुलाई आवागमनका लागि खुला गरिए पनि ठूला सवारीसाधन रोकिएका थिए । भारतीय पक्षले एक सय वर्ष पुरानो पुल जीर्ण भएकाले जोखिम हुन सक्ने भन्दै लामो समयदेखि बाढीका बेला चारपाङ्ग्रे सवारीसाधन सञ्चालन नगर्न आग्रह गर्दै आएको छ ।

 

प्रकाशित: ६ साउन २०८३ ८:१९ | Wednesday, July 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast