८ राजमार्ग पूर्णरूपमा अवरुद्ध

हिमाल प्रेस ६ साउन २०८३ ८:५० | Wednesday, July 22, 2026
12
SHARES
८ राजमार्ग पूर्णरूपमा अवरुद्ध फाइल तस्बिर।

काठमाडौँ- वर्षासँगै बाढीपहिरो जाँदा देशका विभिन्न स्थानका ८ ठाउँमा आज पनि प्रमुख राजमार्ग अवरुद्ध भएका छन्।

नेपाल प्रहरीले बुधबार बिहान सार्वजनिक गरेको विवरणअनुसार कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा राजमार्ग अवरुद्ध भएका हुन्।

इलाममा मेची राजमार्ग, सिन्धुली र काभ्रेमा बीपी राजमार्ग, सिन्धुपाल्चोकमा अरनिको राजमार्ग, मकवानपुरमा कान्तिलोकपथ, बागलुङमा कालीगण्डकी करिडोर, गोरखामा आरुघाट माछिखोला सडक र जाजरकोटमा भेरी करिडोर जाजरकोट डोल्पा सडक बाढी र पहिरोले अवरुद्ध भएका हुन्।

प्रहरीले वर्षा जारी रहेकाले पहिरो र बाढीको जोखिम कायमै रहेको भन्द्र सडक अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरेको छ।

प्रकाशित: ६ साउन २०८३ ८:५० | Wednesday, July 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast