काठमाडौँ- कालीमाटी बजार विकास समितिले तरकारी र फलफूलसँगै मासुजन्य तथा मसला उपजको थोक मूल्य पनि निर्धारण गरेको छ।
समितिका अनुसार अदुवा प्रतिकिलो रु १४०, सुकेको खुर्सानी रु ५००, हरियो खुर्सानी रु ३० देखि ४० सम्म र अकबरे खुर्सानी रु ३०० तोकिएको छ।
त्यसैगरी माछा (रहु) प्रतिकिलो रु ३४०, बचुवा रु ३००, छडी रु २५० तथा सुकेको माछा रु १,००० निर्धारण गरिएको छ।
लसुन सुकेको रु १८० देखि २२० र हरियो लसुन रु २०० कायम गरिएको समितिले जनाएको छ।
प्रकाशित: १० असार २०८३ ८:१७ | Wednesday, June 24, 2026
प्रतिक्रिया




