उत्कृष्ट लयमा भिनिसियस, लगातार तेस्रोपटक ‘म्यान अफ द म्याच’

हिमाल प्रेस ११ असार २०८३ ६:४४ | Thursday, June 25, 2026
14
SHARES
उत्कृष्ट लयमा भिनिसियस, लगातार तेस्रोपटक ‘म्यान अफ द म्याच’

काठमाडौँ- ब्राजिलका स्टार फरवार्ड भिनिसियस जुनियर जारी फिफा विश्वकप २०२६ मा उत्कृष्ट लयमा देखिएका छन्।

स्कटल्यान्डविरुद्धको खेलमा दुई गोल गर्दै ब्राजिललाई ३-० को जित दिलाएका उनले लगातार तेस्रो पटक ‘म्यान अफ द म्याच’ अवार्ड जित्न सफल भएका छन्।

यसअघि उनले मोरक्कोविरुद्ध एक गोल तथा हाइटीविरुद्ध दुई गोल गर्दै दुवै खेलमा पनि ‘म्यान अफ द म्याच’ अवार्ड जितेका थिए।

विश्वकपका तीन खेलमा पाँच गोल गरेका भिनिसियस ब्राजिलको आक्रमणको मुख्य आधार बनेका छन्। स्कटल्यान्डविरुद्ध उनको प्रदर्शन असाधारण रहेको र विपक्षी रक्षापङ्क्तिले उनलाई रोक्न नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

लगातार तीन खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै व्यक्तिगत पुरस्कार जितेका भिनिसियसको प्रभावशाली प्रदर्शनकै मद्दतमा ब्राजिल समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ।

समर्थकमाझ ‘बाइला भिनी’ नामले परिचित भिनिसियसले जारी विश्वकपमा आफूलाई प्रतियोगिताकै उत्कृष्ट खेलाडीमध्ये एकका रूपमा स्थापित गरिरहेका छन्।

प्रकाशित: ११ असार २०८३ ६:४४ | Thursday, June 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast