१८ वर्षभन्दा मुनीका ३५ हजार भन्दा धेरैलाई रास्वपाले बनायो सदस्य, कांग्रेसले उठायो प्रश्न

हिमाल प्रेस १४ असार २०८३ १२:२२ | Sunday, June 28, 2026
8
SHARES
१८ वर्षभन्दा मुनीका ३५ हजार भन्दा धेरैलाई रास्वपाले बनायो सदस्य, कांग्रेसले उठायो प्रश्न

काठमाडौँ- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालबालिकाहरूलाई पार्टी सदस्य बनाएकोप्रति कांग्रेसले संसद्‍मा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको आज बैठक सुरु हुनासाथ कांग्रेस सांसद रेनुका काउँचाले रास्वपाको भर्खरै सम्पन्न महाधिवेशनमा ३५ हजार भन्दा धेरै सदस्य बालबालिका रहेको तथ्यप्रति साभामुखको ध्यानाकरर्षण गराएकी हुन्।

‘रास्वपाको महाधिवेशनमा सार्वजनिक भएको तथ्यांकले १८ वर्षभन्दा मुनीका ३५ हजार भन्दा धेरै बालबालिका सो पार्टीको सदस्य रहेको देखिन्छ,’ उनले भनिन्, ‘हाम्रो संविधानले बालबालिकालाई पार्टी सदस्य बनाउन बन्देज गरेको छ। १८ वर्षभन्दा मुनीका बालबालिकालाई पार्टी सदस्य र राजनीतिक गतिविधिमा सहभागी गराए ८० हजार जरिवाना र ३ वर्ष कैद हुने व्यवस्था छ। के रास्वपा संविधान भन्दा माथि हो?’

उनले कुनै पनि बालबालिकालाई राजनीतिक उद्देश्यमा प्रयोग गर्न नपाइने संवैधानिक र कानुनी व्यवस्थाको ख्याल गर्न सरकारको ध्यानाकर्षण गराइन्। ‘बालबालिकाको मतको भर्‍याङ चढेर रास्वपामा भर्खरै धेरै नेताहरू निर्वाचित हुनु भएको छ,’ उनले भनिन्, ‘विद्यार्थीले राजनीतिक गर्न नहुने भन्दै स्ववियू खारेज गर्ने तयारीमा रहेको सरकारले यसप्रति ध्यान देओस्।’

आजको संसद् बैठक सुरु हुनासाथ राप्रपाका ज्ञानेन्द्र शाहीबाहेक विपक्षी दलका सांसद्ले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख डीपी अर्यालले विपक्षी दलका सांसद्लाई बोल्न समय दिएका हुन्।

 

प्रकाशित: १४ असार २०८३ १२:२२ | Sunday, June 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast