दीपाश्री, किरण केसीदेखि प्रियंका समेत अभिनीत फिल्म ‘हली’ साउन २२ मा आउने

हिमाल प्रेस २० जेठ २०८३ १२:३९ | Wednesday, June 3, 2026
दीपाश्री, किरण केसीदेखि प्रियंका समेत अभिनीत फिल्म ‘हली’ साउन २२ मा आउने

काठमाडौँ- फिल्म ‘हली’ साउन २२ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन तिमि बाहिर ल्याएको हो ।

पोस्टरमा काँधमा हलो बोकेका एक पुरुष र नाम्लो–डोको बोकेर गम्भीर मुद्रामा रहेकी एक महिलाको तस्बिरलाई प्रस्तुत गरिएको छ, जसले परम्परागत नेपाली कृषि जीवन र त्यसभित्रको संघर्षलाई झल्काउँछ। पृष्ठभूमिमा पहाडी भेगको परम्परागत ढुङ्गे घर र एउटी महिलालाई ढोकाबाट चियाइरहेको अवस्थामा देख्न सकिन्छ ।

जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्को सहकार्यमा निर्माण भएको फिल्मको लेखन तथा निर्देशन ओम प्रतिक हुन्। फिल्ममा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीका साथै निर्देशक ओम प्रतीककै मुख्य भूमिका छ। फिल्ममा नेपालका चर्चित शीर्ष कलाकारहरू दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माको नृत्य छ ।

कार्यकारी निर्माता अर्जुन भुसाल, सह–निर्मात्री नम्रता भण्डारी रहेको फिल्ममा राहुल राईको छायांकन र रामप्रसाद चौधरी एवं विपिन मल्लको सम्पादन छ। फिल्ममा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत छ भने कुमार महर्जनको द्वन्द्व निर्देशन छ । फिल्मको वितरण नेशनल सिने ग्रुप प्रालिले गर्दैछ भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ ।

प्रकाशित: २० जेठ २०८३ १२:३९ | Wednesday, June 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast