रास्वपा केन्द्रीय सदस्यको नतिजा सार्वजनिक, स्वर्णिमलाई सर्वाधिक मत

हिमाल प्रेस ११ असार २०८३ २१:१७ | Thursday, June 25, 2026
104
SHARES
रास्वपा केन्द्रीय सदस्यको नतिजा सार्वजनिक, स्वर्णिमलाई सर्वाधिक मत

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्यहरूको मत परिणाम सार्वजनिक भएको छ।

केन्द्रीय सदस्यका लागि बुधबार अबेर राति भएको निर्वाचनको मत परिणाम सार्वजनिक गरिएको हो।

रास्वपा केन्द्रीय निर्वाचन आयोगले बिहीबार राति मत परिणाम सार्वजनिक गरेको हो।

पार्टीका निर्वतमान उपसभापति एवं अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सबैभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन्। उनले २ हजार ६५६ मत प्राप्त गरेका छन्।

वाग्लेलाई प्रवास समितिको सबै मत प्राप्त भएको छ। त्यस्तै कानुनमन्त्री समेत रहेकी सोबिता गौतमले २ हजार ५९४ मत प्राप्त गरेकी छन्। यो केन्द्रीय सदस्यतर्फ दोस्रो सबैभन्दा बढी मत हो।

त्यस्तै सार्वजनिक मत परिणामअनुसार स्वास्थ्यमन्त्री समेत रहेकी निशा मेहताले १ हजार ८६१ मत प्राप्त गरेर केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। उनी कोशी प्रदेश समूहबाट प्रतिस्पर्धा गरेकी थिइन्।

कोशी प्रदेशबाटै विश्वराज पोखरेलले १ हजार ४६०, शोभा कार्कीले १ हजार २०४ र कल्पना थापाले ९३९ मत प्राप्त गरेका छन्।

त्यस्तै सुजाता तामाङले ८३९, लालविक्रम थापाले ७८३, सयमलाल चौधरीले ७५८, प्रकाश पाठकले ७४३, वीरेन्द्र श्रेष्ठले ६३१, राजकुमार राईले ६२४ र पारमणि गेलालले ६१३ मत प्राप्त गरेका छन्।

नवीन खड्काले ५५५, प्रजना राईले ५३९, भूमिनन्द बरालले ५२६, पिताम्बर तिम्सिनाले ४९७, रमेशप्रसाद ओझाले ४८८, ऋतुराज लिम्बुले ४४४ र कृष्णबहादुर चोङबाङ लिम्बुले ४ र सिर्जना लामा फोम्बाले ३२४ मत प्राप्त गरेका छन्।

रास्वपाको विधानअनुसार १५८ जना केन्द्रीय सदस्य रहनेछन्। जसमध्ये ९९ जना मतदानबाट निर्वाचित हुनेछन्। ९९ जना केन्द्रीय सदस्यका लागि ३७९ जनाले उम्मेदवारी दिएका थिए।

बाँकी ५१ जना सभापति रवि लामिछानेबाट मनोनीत हुनेछन् भने ७ प्रदेशका प्रदेश सभापति पदेन केन्द्रीय सदस्य हुने विधानमा व्यवस्था छ।

प्रकाशित: ११ असार २०८३ २१:१७ | Thursday, June 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast