काठमाडौँमा बिहानै वर्षा, कहाँ कहाँ पर्ला पानी?

हिमाल प्रेस २३ जेठ २०८३ ६:१६ | Saturday, June 6, 2026
18
SHARES
काठमाडौँमा बिहानै वर्षा, कहाँ कहाँ पर्ला पानी? फाइल तस्बिर।

काठमाडौँ- हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली तथा पहाडी भूभागमा साधरणतया बादल र तराई भूभागमा मुख्यतया सफा रहेको छ। बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, लुम्बिनी, कर्णाली प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको छ ।

आज राती कोशी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल, मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशलगायत देशको हिमाली भूभागको थोरै स्थानहरू, मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेश पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित: २३ जेठ २०८३ ६:१६ | Saturday, June 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast