‘चमेलीको पोइ’को मुख्यभूमिकामा नारायण त्रिपाठी

हिमाल प्रेस १५ असार २०८३ १२:४८ | Monday, June 29, 2026
4
SHARES
‘चमेलीको पोइ’को मुख्यभूमिकामा नारायण त्रिपाठी

काठमाडौँ- एभरेष्ट सूर्य बोहरा निर्देशित फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टर सार्वजनिक भएको छ। १६ असोजबाट प्रदर्शनमा आउन लागेको फिल्मको शुक्रबार सार्वजनीक पोस्टरमा चर्चित हाँस्य कलाकार नारायण त्रिपाठीलाई देख्न पाइन्छ। प्रेम चरो उपनामले समेत चिनिने त्रिपाठी डेढ दशकअघिसम्म फिल्म अभिनयमा निकै ब्यस्त थिए । एकाएक अमेरिका उडेपछि उनी अब यही फिल्मबाट पुनः दर्शकमाझ आउदैछन् ।

हाँस्य कलाकारितामा निकै जमेका उनी ‘चमेलीको पोइ’ को सेकेन्ड लुक्स पोस्टरमा अर्धनग्न अवस्थामा छन् । उनको मुहारमा लात्तीमुक्का बज्रीएर लागेको चोटका निसानीहरु देखिएका छन् भने कपडा च्यातिएको तथा कुटाइ खाएर भागीरहेकोजस्तो स्थिति उनको देखिन्छ ।

फिल्मको अहिलेको पोस्टरमा त्रिपाठीको अर्धनग्न स्वरुपका साथमा फिल्मका प्रमुख कलाकार सुरक्षा पन्त,मुकुन भुसाल,विल्सन बिक्रम राई,रामनारायण उपाध्याय,सुदिप कुँवर र उमेश राईलाई समेटिएको छ। यीबाहेक फिल्ममा प्रेमदेव गिरी,रविन्द्र झा,अंशु महर्जन,खडकबहादुर पुन,रजनी गुरुङ,सुनीता सापकोटा,गणेश गौतम,धनलक्ष्मी बोहरा,श्रेया नारायण,अनुष्का नारायण,मिना आरएल शाह,रितु मल्ल ठकुरीलगायतको अभिनय छ।

फिल्मको कथा र निर्देशन बोहराको हो। पटकथा र सम्वाद शिवम अधिकारीले सघाएका छन् । धन लक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्मित फिल्मको निर्माता रामनारायण उपाध्याय र सुनीता सापकोटा छन् । कार्यकारी निर्मातामा उदय बिक्रम राणा,रितु मल्ल ठकुरी र कपील आचार्य छन् भने धनकुमारी श्रेष्ठ लाइन प्रोडयुसर छिन् ।

सुदिप कुँवर,सुमित्रा थापा,नारायण त्रिपाठी,यमप्रसाद ओली र प्रदिपकुमार सापकोटा सहनिर्माता रहेको फिल्म मुस्ताङ,पोखरा र काठमाडौंमा खिचिएको हो । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

प्रकाशित: १५ असार २०८३ १२:४८ | Monday, June 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast