मन्त्री महावीर पुनले खोजे योग्य सचिव, सामाजिक सञ्जालमार्फत मागे सुझाव

हिमाल प्रेस १३ असार २०८३ ९:५३ | Saturday, June 27, 2026
6
SHARES
मन्त्री महावीर पुनले खोजे योग्य सचिव, सामाजिक सञ्जालमार्फत मागे सुझाव विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन। फाइल तस्बिर।

काठमाडौँ- विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मन्त्रालयका लागि योग्य र सक्षम सचिवको खोजी भइरहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा अनुभव भएको, कर्मठ र कार्यसम्पादन गर्न सक्ने सचिव आवश्यक रहेको उल्लेख गरेका छन्।

मन्त्री पुनका अनुसार मन्त्रालयका वर्तमान सचिवको कार्यकाल यही असार १७ गते बुधबारदेखि सकिने भएकाले नयाँ सचिवको आवश्यकता परेको हो। उनले मन्त्रालयको नेतृत्व सम्हाल्न सक्षम व्यक्तिको खोजी विभिन्न माध्यमबाट भइरहेको जानकारी दिँदै यस कार्यमा सबैको सहयोगको अपेक्षा गरेका छन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्,‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको सचिवज्यूको कार्यकाल सकिएर यही असार १७ गते बुधबारदेखि अवकाश लिनु हुन्छ। त्यसैले यस मन्त्रालयलाई विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा काम गरेको, एकदमै अनुभवी, कर्मठ र कार्यसम्पादन गर्न सक्ने सचिव चाहिएको छ। सोका लागि विभिन्न माध्यमबाट योग्य सचिवको खोजी हुँदैछ। यस कार्यमा सहयोगको अपेक्षा राख्दछु।’

प्रकाशित: १३ असार २०८३ ९:५३ | Saturday, June 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast