परराष्ट्रमन्त्री खनाल र विजय चौथाइवालेबीच भेटवार्ता

हिमाल प्रेस २३ जेठ २०८३ १२:५५ | Saturday, June 6, 2026
16
SHARES
परराष्ट्रमन्त्री खनाल र विजय चौथाइवालेबीच भेटवार्ता

काठमाडौँ- भारतको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेबिच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ।भेटवार्ताका दुई देशबिचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्ने विषयमा छलफल भएको भारतस्थित नेपाली दूतावासले जनाएको छ।

दुवै नेताहरूबिच राजनीतिक दलहरू तहको सम्बन्ध र अन्तर्क्रियालाई अझ गहिरो बनाउने तथा नेपाल र भारतका नागरिक बीच रहेको जनस्तरको सम्बन्धलाई झन् बलियो बनाउने विषयमा कुराकानी भएको बताइएको छ।

भारतीय विदेशमन्त्री एस।जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा गएका परराष्ट्रमन्त्री खनालले हिजो भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग दुई पक्षीय भेटवार्ता गरेका थिए भने इन्डिया फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा पनि सहभागी भएका थिए।

प्रकाशित: २३ जेठ २०८३ १२:५५ | Saturday, June 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast