काठमाडौँ- प्रतिनिधिसभा बैठक बस्दैछ। सोमबार बिहान ११ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ। आजको बैठकमा सरकारले ल्याएको बजेटमा छलफल हुनेछ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबारको प्रतिनिधि सभा बैठकमा बजेट प्रस्तुत गरेका थिए। आज उनैले बजेटमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसपछि सबै दलका सांसदहरूले बजेटबारे छलफलमा भाग लिनेछन्।
प्रकाशित: १८ जेठ २०८३ ८:३४ | Monday, June 1, 2026
प्रतिक्रिया




