त्रियुगा नगरपालिकामा विद्युत् सेवालाई सुचारु गर्न जेनजीको माग

हिमाल प्रेस १६ असार २०८३ १२:१० | Tuesday, June 30, 2026
4
SHARES
त्रियुगा नगरपालिकामा विद्युत् सेवालाई सुचारु गर्न जेनजीको माग

काठमाडौँ- जेनजी युवा समूहले उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा विद्युत् सेवालाई सुचारु गर्न माग गरेका छन्। जेनजी युवा फन्टका संयोजक सुरेन्द्र थापाका नेतृत्वको टोलीले सोमबार नेपाल विद्युत् प्राधिकरण कार्यालय प्रमुख मनोजकुमार झालाई ज्ञापनपत्र हस्तान्तरण गर्दै नियमित विद्युत् सुचारु गर्न माग गरेको हो।

उनका अनुसार दैनिक विद्युत् अवरोध हुँदा जनताले सास्ती भोग्न परेको छ। जेनजी युवाका जिल्ला सचिव प्रवेश खड्काले पटक–पटक विद्युत् अवरोध हुने गरेको कारण बैंकसहित सरकारी कार्यालयमा ग्राहकले नियमित सेवा प्राप्त गर्न कठिनाइ हुन थालेको कारण जनगुनासो व्यापक उठ्न थालेकाले आफूहरुले विद्युत् नियमित सुचारु गर्न विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराए।

कार्यालय प्रमुख झाले पछिल्ला दिन प्रायः दैनिक हावाहुरी चल्ने गरेको कारण विद्युत् सेवा अवरोध भइरहेको र आफूहरुले यस्तो अवरोध हटाउन नियमित प्रयास गर्दै आइरहेका जानकारी दिए।

प्रकाशित: १६ असार २०८३ १२:१० | Tuesday, June 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast