काठमाडौँ- लुम्बिनी प्रदेश सरकारमा सामेल नेकपा एमालेका चार जना मन्त्रीहरूले सामुहिक राजीनामा दिने भएका छन्। भौतिक पूर्वाधार मन्त्री भूमिश्वर ढकालका अनुसार उनीहरूले मौखिक रूपमा राजीनामा दिइसकेको र केही बेरमै लिखित राजीनामा दिने तयारी भइरहेको छ।
भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारु मगर र सीता शर्मा चौधरीले बुधबार राजीनामा दिन लागेका हुन्। एमालेले लुम्बिनी सरकारमा नयाँ मन्त्रीहरू पठाउन हाल रहेका पार्टीका चार जना मन्त्रीलाई फिर्ता बोलाएको हो।
लुम्बिनीमा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री छन्। उनले भने राजीनामा दिने छैनन्। लुम्बिनीमा मुख्यमन्त्री फेरिने चर्चा बढेको छ। तर तत्काल फेरिने सम्भावना नरहेको मुख्यमन्त्री स्रोतको दाबी छ।
प्रकाशित: २० जेठ २०८३ ११:३६ | Wednesday, June 3, 2026
प्रतिक्रिया




