चार पूर्वप्रधानमन्त्री एउटै मञ्चमा

हिमाल प्रेस १४ असार २०८३ १५:१० | Sunday, June 28, 2026
8
SHARES
चार पूर्वप्रधानमन्त्री एउटै मञ्चमा

काठमाडौँ- चार पूर्वप्रधानमन्त्री एउटै मञ्चमा देखिएका छन्।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका सहसंयोजक माधवकुमार नेपाल र नेकपाका नेता झलनाथ खनाल एउटै मञ्चमा उपस्थित भएका हुन।

जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेनसले आइतबार राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा उनीहरू सहभागी भएका हुन्।

फाउन्डेसनले आयोजना गरेको ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठी कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू ओली, प्रचण्ड, नेपाल र खनाल उपस्थिति भएका छन्।

कार्यक्रमको प्रमुख आतिथ्य पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छन्। पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीको सदस्यता प्रदान गर्ने एमालेले हालसालै निर्णय गरेको छ।

१२ असारमा विराटनगरमा आयोजित पार्टीको एक कार्यक्रममा नेकपा संयोजक प्रचण्डले एमालेसँग सहकार्य हुन लागेको बताएका थिए।

प्रकाशित: १४ असार २०८३ १५:१० | Sunday, June 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast