अनधिकृत यार्सागुम्बा संकलन गरेको आरोपमा चार पक्राउ

हिमाल प्रेस २० जेठ २०८३ १७:३९ | Wednesday, June 3, 2026
14
SHARES
अनधिकृत यार्सागुम्बा संकलन गरेको आरोपमा चार पक्राउ

तेह्रथुम- अनधिकृत रूपमा यार्सागुम्बा संकलन गरेको अभियोगमा चार जना पक्राउ परेका छन्। म्याङ्लुङ नगरपालिकाबाट अनुमति नलिई यार्सागुम्बा टिपेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार सङ्खुवासभाको मादी नगरपालिका-९ का जीवन लिम्बू, कर्णबहादुर लिम्बू, बादल लिम्बू र हर्कबहादुर श्रेष्ठलाई पक्राउ गरिएको हो।

उनीहरूबाट प्रहरीले १३ थान यार्सागुम्बा र ९ वटा मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजाबाबु ठाकुरले जानकारी दिए।

म्याङ्लुङ नगरपालिका-६ स्थित भुसीने-जिपटारे सामुदायिक वन क्षेत्रमा मंगलबार २०-२५ जनाले यार्सागुम्बा संकलन गरिरहेका सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।

मोटरसाइकल राखिएको स्थानमा यार्सागुम्बासहित उनीहरूलाई पक्राउ गरिएको हो। उनीहरूलाई डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरी नायब निरीक्षक ठाकुरले जानकारी दिए।

डिभिजन वन कार्यालयका वन अधिकृत बद्रीप्रसाद शाहले राजस्व तिरेपछि मात्र यार्सा संकलन गर्न पाइने बताए।

अनधिकृत रूपमा यार्सागुम्बा संकलन गरेमा प्रतिकिलो रु ३१ हजारका दरले जरिवाना हुने व्यवस्था छ भने प्रतिवटा रु ३१ पनि लाग्नेछ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी सन्नी झाको भनाइमा निर्यात हुनेबाट वार्षिक करिब रु तीन लाख तथा काठजन्य वन पैदावारबाट रु चारदेखि पाँच करोडसम्म राजस्व संकलन हुँदै आएको छ।

प्रकाशित: २० जेठ २०८३ १७:३९ | Wednesday, June 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast