काठमाडौँ- फिफा विश्वकप प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा टुङ्गिएको छ। समूह ‘एल’अन्तर्गतको आफ्नो दोस्रो खेलमा दुवै टोलीले गोलरहित बराबरी खेले।
समूह चरणको आफ्नो पहिलो खेलमा इङ्ग्ल्याण्डले क्रोएसियालाई ४–२ गोलअन्तर र घानाले पानामालाई १–० गोलले पराजित गरेका थिए।
विश्वकप प्रतियोगिताअन्तर्गत गएराति भएको खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० गोलअन्तरले पराजित गरेको थियो।
प्रकाशित: १० असार २०८३ ५:४० | Wednesday, June 24, 2026
प्रतिक्रिया




