विष्णु पौडेल बेकसुर रहेको भन्दै तत्काल रिहा गर्न माग

हिमाल प्रेस १४ असार २०८३ ११:५९ | Sunday, June 28, 2026
10
SHARES
विष्णु पौडेल बेकसुर रहेको भन्दै तत्काल रिहा गर्न माग

काठमाडौँ- नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णु पौडेल बेकसुर रहेको भन्दै तुरुन्त रिहा गर्न माग गरेको छ । साथै एमालेले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले गत जेठ १७ गते दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे माफी माग्न र संसदबाट उक्त अभिव्यक्ति हटाउन माग गरेको छ ।

‘यस्तो राष्ट्रघाती अभिव्यक्तिप्रति प्रधानमन्त्रीले माफी माग्नुपर्छ । अभिलेखबाट विवादास्पद अभिव्यक्ति हटाउनुपर्छ’, आइतबारको प्रतिनिधिसभा बैठकमा एमाले सांसद पुष्पराज कँडेलले भने, ‘एमाले उपाध्यक्ष विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्‍यो, गत निर्वाचनमा गाडी उपलब्धि गराउने व्यक्तिको आरोपका आधारमा सम्पूर्ण विपक्षीलाई तर्साउन गरिएको हो । त्यसमा पनि एमालेलाई बदनाम गर्ने उद्देश्य प्रेरित पक्राउ हो ।’

उनले विष्णु पौडेल बेकसुर रहेको भन्दै सरकार आफू अपराधीलाई उन्मुक्ति दिने काममा लागेको तथा करका दरको सूचना चुहाएर बिचौलियालाई लाभ दिइरहेको बताए । सम्पत्ति शुद्धीकरणको आरोपमा उपाध्यक्ष पौडेललाई प्रहरीले गत साता सुर्खेतबाट पक्राउ गरेको थियो ।

 

प्रकाशित: १४ असार २०८३ ११:५९ | Sunday, June 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast