तस्बिर : एपी
काठमाडौँ- पाकिस्तानको कराँचीस्थित पाकिस्तान रेन्जर्स सिन्ध क्याम्पमा भएको आक्रमणमा तीन सुरक्षाकर्मीको मृत्यु भएको छ।
पाकिस्तानी सेनाले आक्रमणमा परी तीन सुरक्षाकर्मीको मृत्यु भएको पुष्टि गरेको बीबीसीले जनाएको छ।
आफ्नो जवाफी कारबाहीमा तीन जना आक्रमणकारी पनि मारिएको सेनाले जनाएको छ।
पाकिस्तानी सेनाको जनसम्पर्क विभाग (आईएसपीआर) ले अपरेशनका क्रममा एक आक्रमणकारीलाई घाइते अवस्थामा पक्राउ गरिएको जनाएको छ। ती आक्रमणकारी अफगानी नागरिक रहेको बताइएको छ।
शनिबार अबेर राति कराँचीको गुलिस्तान–ए–जौहर क्षेत्रमा रहेको रेन्जर्स कार्यालयनजिकै विस्फोट र गोलीबारी भएको थियो।
प्रत्यक्षदर्शीहरूका अनुसार पहिले एउटा विस्फोटको आवाज सुनिएको थियो त्यस लगत्तै गोलीबारी सुरु भएको थियो।
प्रकाशित: १४ असार २०८३ १६:१६ | Sunday, June 28, 2026
प्रतिक्रिया




