ओलीका स्वकीय सचिव राजेशको पनि सम्पत्ति छानबिन थालियो

हिमाल प्रेस २५ जेठ २०८३ ६:२५ | Monday, June 8, 2026
18
SHARES
ओलीका स्वकीय सचिव राजेशको पनि सम्पत्ति छानबिन थालियो

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यमाथि अनुसन्धान थालेको छ । अकुत सम्पत्ति आर्जन गरेको आशंकामा आयोगले उनीमाथि अनुसन्धान सुरु गरेको हो ।

आयोगले बज्राचार्यलाई सम्पत्ति विवरण फारम भराएको छ । बज्राचार्यले सम्पत्ति विवरण सम्बन्धी १३ पन्ने फारम भरेर अख्तियारमा बुझाएका हुन् ।

मन्त्रिपरिषद्ले गठन गरेको पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारी नेतृत्वको सम्पत्ति छानबिन आयोगले १२ पान्ने फारम भराउँछ । तर, अख्तियारले भने १३ पन्ने फारम भराएर अकुत सम्पत्तिबारे अनुसन्धान गर्दै आएको छ । सम्पत्ति विवरणमाथि अनुसन्धान गर्दा गैरकानुनी रूपमा आर्जन गरेको भेटिएमा आयोगले भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार विशेष अदालतमा मुद्दा दायर गर्न सक्ने कानुनी व्यवस्था छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast