होटलमा अनैतिक गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा

हिमाल प्रेस ११ असार २०८३ ६:३० | Thursday, June 25, 2026
18
SHARES
होटलमा अनैतिक गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा

कैलाली- धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरीले २४ जनालाई नियन्त्रणमा लिएको छ।

विभिन्न होटल, लजहरूमा चेकजाँच गर्दा अनैतिक गतिविधिमा संलग्न ११ महिला र १३ जना पुरुषलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

उनका अनुसार पक्राउ पर्नेमा सात जना भारतीय नागरिक पुरूष रहेका छन्। नियन्त्रणमा लिइएकाहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले जानकारी दिए।

प्रकाशित: ११ असार २०८३ ६:३० | Thursday, June 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast