हुम्ला केन्द्रविन्दु भएर भूकम्प

हिमाल प्रेस ८ असार २०८३ ७:२८ | Monday, June 22, 2026
20
SHARES
हुम्ला केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ- हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो २:३२ बजे हुम्लाको श्रीनगर क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको धक्का हुम्लासहित आसपासका जिल्लामा महसुस गरिएको जनाइएको छ।

यसअघि गत जेठ २९ गते संखुवासभाको च्याम्ताङ आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको थियो। नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको केन्द्रले जनाएको छ।

प्रकाशित: ८ असार २०८३ ७:२८ | Monday, June 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast