सातै प्रदेशले बजेट ल्याउँदै

हिमाल प्रेस १ असार २०८३ ८:४२ | Monday, June 15, 2026
22
SHARES
सातै प्रदेशले बजेट ल्याउँदै

काठमाडौँ- आज सात प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट ल्याउँदैछन्। अघिल्ला वर्षहरुमा बनाइएका महत्वाकांक्षी बजेट कार्यान्वयन हुन नसकेपछि यसपटक प्रदेश सरकारहरुले कार्यान्वयन हुनसक्ने बजेट मात्रै ल्याउने तयारी गरेका छन् ।

प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रीले नयाँ आर्थिक वर्षका लागि आयव्यय प्रस्तुत गर्ने तालिका छ। प्रत्येक वर्ष असार १ गते प्रदेश सरकारले बजेट ल्याउने ल्याउने व्यवस्था छ । प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भएपछि बजेट ल्याउने गरिन्छ ।
मधेश प्रदेशमा दिउँसो १ बजे बजेट प्रस्तुत हुँदैछ । कर्णाली प्रदेशले दिउँसो ३ बजे बजेट प्रस्तुत गर्ने भएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेश सरकारले दिउँसो ४ बजेलाई कार्यसूची बनाएका छन् । लुम्बिनी र सुदूरपश्चिम प्रदेशले साँझ ५ बजे बजेट प्रस्तुत तालिका सार्वजनिक गरेको छ ।

प्रकाशित: १ असार २०८३ ८:४२ | Monday, June 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast