श्रीमतीको अनुहारमा तातो तेल प्रहार गर्ने युवा पक्राउ

हिमाल प्रेस ७ असार २०८३ १२:१५ | Sunday, June 21, 2026
12
SHARES
श्रीमतीको अनुहारमा तातो तेल प्रहार गर्ने युवा पक्राउ

काठमाडौँ- श्रीमतीको अनुहारमा तातो तेल प्रहार गर्ने युवा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयल कञ्चनपुरको टोलीले अशोक भट्टलाई उक्त आरोपमा पक्राउ गरेको हो। ३४ वर्षीय भट्टमाथि २०८२ पुस १५ गते कञ्चनपुर भीमदत्त नगरपालिका–८, तिलाचौरस्थित घरको भान्साकोठामा सेलरोटी पकाउँदै गरेकी श्रीमतीको अनुहार तथा शरीरमा तातो तेल खन्याएको आरोप छ।

घटनालगत्तै फरार भएका भट्टलाई प्रहरीले घटनाको ५ महिनापछि शनिबार पक्राउ गरेको कञ्चनपुरका डीएसपी टेकबहादुर रावतले जानकारी दिए। पक्राउ परेका अशोकमाथि प्रहरीले तेजाब वा अन्य रासायनिक जैविक वा विशालु पदार्थ प्रयोग गरी कुरुप पार्न नहुने कसुरमा अनुसन्धान थालेको छ।

प्रकाशित: ७ असार २०८३ १२:१५ | Sunday, June 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast