विज्ञान, प्रविधि तथा नवप्रवर्तन विधेयक तयार गर्दै मन्त्री पुन

हिमाल प्रेस २८ जेठ २०८३ १७:३९ | Thursday, June 11, 2026
10
SHARES
विज्ञान, प्रविधि तथा नवप्रवर्तन विधेयक तयार गर्दै मन्त्री पुन

काठमाडौँ- विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मन्त्रालयको कामकाज ‘शून्यबाट सुरु’ भएको भन्दै प्रारम्भिक चरणमै संरचनागत सुधारका महत्त्वपूर्ण निर्णयहरू गरिएको जानकारी दिएका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको आफ्नो पहिलो दिनको कार्यप्रगति विवरणमा मन्त्री पुनले मन्त्रालय अन्य मन्त्रालयजस्तो पूर्वतयारी अवस्थामा नभएको उल्लेख गर्दै तत्कालै आधारभूत संरचना निर्माणमा केन्द्रित हुने बताएका हुन्।

उनका अनुसार पहिलो चरणमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन ऐन ल्याउन आवश्यक विधेयक तयार गर्ने निर्णय गरिएको छ। त्यसैगरी मन्त्रालय सञ्चालनका लागि आवश्यक कर्मचारी संख्या, दरबन्दी संरचना तथा कार्यप्रणाली निर्धारण गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने प्रक्रिया अघि बढाइनेछ।

मन्त्री पुनले विभिन्न मन्त्रालयअन्तर्गत छरिएर रहेका अनुसन्धान तथा नवप्रवर्तनसम्बन्धी कार्यक्रमहरूलाई कसरी प्रभावकारी रूपमा समन्वय र सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल तत्काल सुरु गर्ने निर्णय भएको पनि बताएका छन्।

उनले मन्त्रालयलाई प्रभावकारी, परिणाममुखी र छिटो निर्णय गर्न सक्ने संरचनामा रूपान्तरण गर्ने उद्देश्यसहित काम अघि बढाइने संकेत गर्दै ‘हेर्दै जानु होला’ भन्दै आगामी योजनाबारे थप प्रगति सार्वजनिक गर्ने बताएका छन्।

प्रकाशित: २८ जेठ २०८३ १७:३९ | Thursday, June 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast