‘रोल नम्बर १’ को कमाइ एक करोड ३५ लाख

हिमाल प्रेस १ असार २०८३ १३:०० | Monday, June 15, 2026
18
SHARES
‘रोल नम्बर १’ को कमाइ एक करोड ३५ लाख

काठमाडौँ- फिल्म ‘रोल नम्बर १’ ले बक्स अफिसमा एक करोड ३५ लाख बढी व्यवसाय गर्न सफल भएको छ । चलचित्र विकास बोर्डले प्रदर्शनरत नेपाली फिल्मको बक्स अफिस रिपोर्ट सोमबार सार्वजनिक गरेको छ । जसमा ‘रोल नम्बर १’ को आम्दानी आइतबार राती १२ बजेसम्म एक करोड ३५ लाख १५ हजार ९९३ ग्रस कलेक्सन गरेको छ। यो अवधिमा फिल्मको टिकट ४७ हजार १५१ वटा बिक्री भएका छन् ।

विनोद पौडेलको निर्माण रहेको फिल्म जोन योञ्जनले निर्देशन गरेका हुन् । फिल्ममा मुकुन भुसाल, सुशांक कार्की , रेणुनाथ योगी, सिर्जना अधिकारीको मुख्य भूमिका रहेको छ । फिल्मको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठको समेत अभिनय छ ।

विद्यार्थी, शिक्षक तथा अभिभावकबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरिरहेको फिल्म अहिले पनि प्रदर्शनरत छ । विभिन्न विद्यालयहरूले आफ्ना विद्यार्थीलाई हलमा नै लगेर देखाउन थालेका छन् । विद्यार्थी र शिक्षकहरूले फिल्मलाई सम्पूर्ण परिवारले सँगै बसेर हेर्नुपर्ने भनेर पब्लिसिटी गरिरहेका छन् ।

 

प्रकाशित: १ असार २०८३ १३:०० | Monday, June 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast