विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन
काठमाडौँ- नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन्।
मंगलबार शीतल निवासमा पदभार ग्रहण गरेपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर मन्त्री पुनले पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण गर्ने क्रममा उनले मन्त्रालयको व्यवस्थापन सर्वेक्षण (ओएनएम) सम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन्।
आफूले नेतृत्व सम्हालेको मन्त्रालय नयाँ भएकाले मन्त्रालयको व्यवस्थापनका लागि ओएनएमसम्बन्धी निर्णयमा हस्ताक्षर गरेको उनले जानकारी दिए। विज्ञान प्रविधिको विकासको लागि छिटो गतिमा काम गर्ने उनले बताए। त्यस्तै उनले सरकारको कार्यकाल ५ बर्ष भए पनि आफू बढीमा तीन वर्ष मात्रै जिम्मेवारीमा बस्ने स्पष्ट पारे।
विज्ञान, प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमा राम्रो आधार तयार गरेपछि युवाहरुलाई हस्तान्तरण गर्ने उनको भनाइ छ। मन्त्री पुन यसअघिको सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा मन्त्रीको जिम्मेवारीमा रहेका थिए।




