फिल्म ‘भागदौड’ असार २६ मा आउने

हिमाल प्रेस २७ जेठ २०८३ ७:५९ | Wednesday, June 10, 2026
16
SHARES
फिल्म ‘भागदौड’ असार २६ मा आउने

काठमाडौँ- फिल्म ‘भागदौड’ असार २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले मंगलबार दुई फरक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएको हो ।

पोस्टरमा फिल्मका प्रमुख कलाकारलाई देख्न सकिन्छ । हिमाल उप्रेतीको लेखन तथा निर्देशन रहेको फिल्ममा अनिशा श्रेष्ठ, घनश्याम जोशी, शारदा राई (सारा), विशाल पोखरेल, शेखर चापागाईं, देशभक्त खनाल, लक्ष्मी गिरी, शंकर महर्जन, सुवास तिमिल्सिनालगायत कलाकारहरूको अभिनय छ ।

लेखक तथा निर्देशक उप्रेतीले फिल्मले लोभ, लालच, जालझेल र ठगीमा आधारित मानव जीवनको नैतिक संकटलाई चित्रण गर्ने कथा देखाउने बताएका छन् ।

प्रकाशित: २७ जेठ २०८३ ७:५९ | Wednesday, June 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast