झैझगडामा चक्कु प्रहार, युवकको मृत्यु

हिमाल प्रेस ९ असार २०८३ ८:११ | Tuesday, June 23, 2026
12
SHARES
झैझगडामा चक्कु प्रहार, युवकको मृत्यु

काठमाडौँ- भक्तपुरको भक्तपुर–१ नगरकोटमा हिजो राति १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट युवकको मृत्यु भएको छ ।

महोत्तरी, मिथिला नगरपालिका–९ घर भई नगरकोटमोड बस्ने २८ वर्षीय आकाश रसाइलीलाई चक्कु प्रहार भएको हो । गम्भीर घाइते रसाइलीको उपचारका क्रममा केएमसी अस्पताल सिनामंगलमा चिकित्सकले आज बिहान ६ः१५ बजे मृत घोषणा गरेका हुन् ।

चक्कु प्रहार गर्ने उदयपुर त्रियुगा नगरपालिका–१३ घर भई हाल भक्तपुर सल्लाघारी बस्ने ३१ वर्षीय आयुष कार्की, झापा, दमक नगरपालिका–३ घर भई हाल सल्लाघारी बस्ने २७ वर्षीय दोर्जे शेर्पा र गुल्मी, तम्घास घर भई हाल सल्लाघारी बस्ने ३५ वर्षीय रमेश कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित: ९ असार २०८३ ८:११ | Tuesday, June 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast