कोटेश्वरमा कारले चार मोटरसाइकललाई ठक्कर दिँदा ६ जना घाइते

हिमाल प्रेस ९ असार २०८३ ६:२२ | Tuesday, June 23, 2026
6
SHARES
कोटेश्वरमा कारले चार मोटरसाइकललाई ठक्कर दिँदा ६ जना घाइते

काठमाडौँ- कोटेश्वरस्थित भाटभटेनीनजिक सोमबार राति बा १४च ४८२० नम्बरको निजी कारले चारवटा मोटरसाकललाई मोटरसाइकललाई ठक्कर दिँदा ६ जना घाइते भएका छन्। एक जनाको अवस्था गम्भीर छ।

दुर्घटनामा बा८९प ६४८६ मोटरसाइकलका चालक मकवानपुर घर भई हाल ललितपुर ग्वार्को बस्ने २२ वर्षीय ज्ञानसागर लोप्चन, पछाडि बसेका भोजपुर घर भई हाल ग्वार्को बस्ने १९ वर्षीय बबिन राई, बा९६प ३३२५ नम्बरको मोटरसाइकलका चालक धापाखेल बस्ने ३० वर्षीय एलिस बानियाँ, बा प्र ०२०६६ प ६१०७ नम्बरको मोटरसाइकलका चालक काठमाडौँको स्वयम्भु बस्ने १८ वर्षीय सुशील श्रेष्ठ, त्यसमा पछाडि सवार डोटीको बढीकेदार गाउँपालिका घर भई हाल ललितपुरको सातदोबाटो बस्ने २१ वर्षीय रवि चन्द तथा बा प्र ०२०४१ प ८२८२ नम्बरको मोटरसाइकलका चालक रामेछापको मन्थली नगरपालिका९३ घर भई हाल ललितपुरको झम्सीखेल बस्ने २२ वर्षीय सुदीप थापा घाइते भएका हुन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार घाइतेहरूलाई उपचारका लागि बीएन्डीबी अस्पताल पठाइएको छ।

क्षति भएका सवारीसाधन तथा कारका चालकलाई प्रहरीवृत्त कोटेश्वरमा राखिएको छ।

प्रकाशित: ९ असार २०८३ ६:२२ | Tuesday, June 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast