कालीगण्डकी किनारलाई धार्मिक-पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने

हिमाल प्रेस ७ असार २०८३ ८:०७ | Sunday, June 21, 2026
6
SHARES
कालीगण्डकी किनारलाई धार्मिक-पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कालीगण्डकी नदी किनारलाई धार्मिक, पर्यटकीय तथा मनोरञ्जनात्मक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले पदमार्ग निर्माण प्रारम्भ भएको छ। गाउँपालिकाले कालीगण्डकी किनारको बालीघाट क्षेत्रबाट पदमार्ग निर्माण थालिएको हो।

प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र पर्यटकीय सम्भावनालाई एकसाथ जोड्दै क्षेत्रको समग्र विकास गर्ने लक्ष्यसहित पदमार्ग निर्माण थालिएको गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बताए। ‘नदी किनारको सुन्दर दृश्यसँगै यहाँ रहेका धार्मिकस्थल, प्राकृतिक सम्पदा र पर्यटकीय आकर्षणलाई एकापसमा जोड्ने उद्देश्यले पदमार्ग निर्माण थालेका हौँ’, अध्यक्ष ओझाले भने।

गाउँपालिकाले दीर्घकालीन योजनाअनुसार उक्त पदमार्गलाई बालीघाटस्थित आँप बगैँचा, कालीगण्डकी किनार वर, पीपल स्वामीचौतारी, गैँडाअल्प झरना, चम्के ओडारलगायत स्थानसँग जोड्ने लक्ष्य छ। हाल ‘ट्र्याक’ खोलिएको, निर्माणलाई चरणबद्ध रूपमा अघि बढाइने र राष्ट्रिय रोजगार कार्यक्रममार्फत जनशक्ति परिचालन गरी पदमार्ग निर्माणलाई अझ व्यवस्थित बनाइने जनाइएको छ ।

 

प्रकाशित: ७ असार २०८३ ८:०७ | Sunday, June 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast