बीपी राजमार्गअन्तर्गत शुक्रबार काभ्रेको बुच्चाकोटमा बस दुर्घटना भएपछि उद्धार गरिँदै। तस्बिर : सामाजिक सञ्जाल
काठमाडौँ- काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुचाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ।
बनेपाबाट रोशी गाउँपालिकातर्फ गुडिरहेको बा २ ख ८३९८ नम्बरको यात्रुवाहक बस दिउँसो करिब २ः१५ बजे नमोबुद्ध-२ सेल्फीडाँडास्थित सडकबाट दुई सय मिटर तल खसेको थियो।
दुर्घटनामा चालकसहित १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक रविन विस्टले राससलाई जानकारी दिए। घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।
बस अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीको भनाइ छ। विष्टका अनुसार बसमा २४ जना यात्रा गरिरहेका थिए।
घटनाबारे थप विवरण आउन बाँकी छ।
प्रकाशित: २९ जेठ २०८३ १६:३४ | Friday, June 12, 2026
प्रतिक्रिया




