आँखुखोलाको १७ औं र १८ औं वार्षिक साधारण सभा सम्पन्न, नयाँ सञ्चालक समिति सर्वसम्मत चयन

हिमाल प्रेस १ असार २०८३ १२:३५ | Monday, June 15, 2026
आँखुखोलाको १७ औं र १८ औं वार्षिक साधारण सभा सम्पन्न, नयाँ सञ्चालक समिति सर्वसम्मत चयन

काठमाडौँ- आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको १७ औं र १८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको आज आईतबार सम्पन भएको १७ औं र १८ औं संयूक्त वार्षिक साधारण सभाले संचालक समितिको तर्फबाट प्रस्तुत हुने आर्थिक वर्ष ०८०/०८१ र ०८१/०८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

त्यस्तै सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष ०८०/०८१ र ०८१/०८२ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत सोसँग सम्बन्धित अनुसूचीहरु माथि छलफल गरी पारित गरेको छ ।

नेपाल धितोपत्र वोर्डबाट हकप्रद शेयर निष्कासनको स्वीकृत लिई हकप्रद शेयर निष्कासन तथा बाडफाटको प्रकृया समेत पुरा गरी सो रकमबाट रु ४० करोड बैंक लोन घटाइने भएको छ । नयाँ आयोजना गणेश हिमाल हाइड्रोपावर लिमिटेडको आँखुखोला २ जलविद्युत आयोजनालाई छनौट गरी उक्त आयोजनामा विगतमा गरिएको प्रतिबद्धता वमोजिम लगानी गदै लगिएको छ ।

१२ वर्ष अगाडि आँखुखोला १ जलविद्युत आयोजनाको सफलतापूर्वक निर्माण सम्पन्न गरी उत्पादित विद्युत राष्टिय प्रशारण लाइनमा जोडी सकिएको छ । कार्यक्रममा कम्पनीका अध्यक्ष राम श्रेष्ठले आयोजनाको उपलब्धि, चुनौती र आगामी योजनाबारे धारणा राखे । अध्यक्ष श्रेष्ठले आँखुखोला जलविद्युत कम्पनीले ऊर्जा उत्पादन तथा विद्युत् क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए । उनले कम्पनीको सफलतामा लगानीकर्ता, कर्मचारी, स्थानीय समुदाय तथा सरोकारवाला निकायहरूको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

अध्यक्ष श्रेष्ठले आगामी दिनमा कम्पनीको सेवा, उत्पादन क्षमता र संस्थागत विकासलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले स्वच्छ ऊर्जाको उत्पादन वृद्धि र राष्ट्रिय ऊर्जा सुरक्षामा निजी क्षेत्रको भूमिका अझ महत्त्वपूर्ण बन्दै गएको धारणा समेत राखे ।

कार्यक्रममा बोल्दै सञ्चालक समितिका रामप्रसाद सापकोटाले कम्पनीलाई हजारौंको साझा संस्थाको रूपमा विकास गर्ने प्रतिबद्धता गरे। लगानीकर्ताको लगानीलाई धेरैभन्दा धेरै प्रतिफल दिने प्रतिबद्धता सापकोटाको रहेको छ। कम्पनीलाई अगाडि बढाउन सर्वसाधारण सेयर लगानीकर्ताहरूको महत्वपूर्ण भूमिका भएको उनको भनाइ छ।

कम्पनीको आर्थिक प्रतिवेदन निमित्त कार्यकारी निर्देशक प्रतिक्षा शर्माले प्रस्तुत गर्दै आगामी दिनमा कम्पनीलाई अझ सबल र सक्षम बनाउने प्रतिबद्धता व्यक्त गरिन्। कार्यक्रममा कम्पनीका पदाधिकारी, कर्मचारी, शेयरधनी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सो अवसरमा कम्पनीको प्रगति, उपलब्धि र भावी योजनाबारे समेत जानकारी गराइएको थियो ।

नयाँ सञ्चालक समिति सर्वसम्मत चयन

सभाले कम्पनीको सञ्चालक समिति चयन गर्दै नयाँ नेतृत्वलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।

महिला सर्वसाधारण शेयरधनी समूहबाट जोली अमात्य सञ्चालक पदमा निर्विरोध निर्वाचित भएकी छन्। त्यसैगरी सर्वसाधारण शेयरधनी समूहबाट राम प्रसाद सापकोटा, सवीन्द्र उपाध्याय, सुवास पौडेल र लेखनाथ पोखरेल सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका छन्।

प्रकाशित: १ असार २०८३ १२:३५ | Monday, June 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast