काठमाडौँ- फिल्म ‘कुस्ती’ आगामी असोज ९ गतेदेखि प्रदर्शनमा आउने भएको छ । वितरक तथा प्रदर्शकको सल्लाह अनुसार फिल्म असोजमा ल्याउने तय भएको निर्देशक अनिल योञ्जनले जानकारी दिए।
काठमाडौँ तथा आसपासका क्षेत्रमा छायांकन गरिएको फिल्म प्रेम कथा र कमेडी ड्रामामा निर्माण भएको हो । निर्देशक योञ्जनले प्रेम गरेता पनि स्वभाव भिन्नताले एकसाथ रहन संघर्ष गरिरहेको जोडीको कथालाई फिल्ममा दर्शकले देख्न पाउने बताए ।
फिल्ममा अभिनेता धिरज मगर, मिरुना मगर, पुस्कर गुरुङ, लुनिभा तुलाधर, भोलाराज सापकोटा, दीकिला शेर्पा, रवीन्द्र झा, पुस्कर गुरुङ, राजाराम पौडेल, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापा लगायतका कलाकारको अभिनय छ ।
‘मिस इन्डिया २०२६’ मा ‘मिस मल्टिमिडिया’ को उपाधि जित्दै टप १५ मा पर्न सफल भएकी दिकिला शेर्पाले यस फिल्मबाट अभिनयमा डेब्यु गरेकी छन् । उमंग शाहीको छायाङ्कन, मित्रदेव गुरुङको सम्पादन, दीपक शर्मा, अनिल योञ्जन, कल्याण सिंहको सङ्गीत रहेको फिल्म काठमाडौँमा रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट तथा मोफसल एफडी कम्पनिले वितरण गर्दैछ ।



