आज सुनको मूल्य सामान्य घटेर कतिमा हुँदैछ कारोबार?

हिमाल प्रेस ८ जेठ २०८३ ११:१७ | Friday, May 22, 2026
26
SHARES
आज सुनको मूल्य सामान्य घटेर कतिमा हुँदैछ कारोबार?

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदी बढेको छ। बिहीबार तोलामा एक हजार आठ सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९३ हजार सात सय रुपैयाँमा किनबेच भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ९३ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य भने बढेको छ। बिहीबार प्रतितोला पाँच हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार एक सय १५ रुपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६५ रुपैयाँ बढेको हो।

 

प्रकाशित: ८ जेठ २०८३ ११:१७ | Friday, May 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast