चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी निर्वाचित, हारे सविन श्रेष्ठ

हिमाल प्रेस ४ जेठ २०८३ ६:४७ | Monday, May 18, 2026
2
SHARE
चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी निर्वाचित, हारे सविन श्रेष्ठ

काठमाडौँ- नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी निर्वाचित भएका छन् । गएराति सार्वजनिक अन्तिम मतपरिणामअनुसार केसी २१६ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी सविन श्रेष्ठले १३२ मत प्राप्त गरे । निर्वाचनमा कुल ३५६ मत खसेको थियो ।

महिला उपाध्यक्षमा पूजना प्रधान १४४ मतसहित विजयी भएकी छन् । यस्तै उपाध्यक्षमा शिवहरि बैरागी १४६ मतसहित विजयी भएका छन् । महासचिवमा सुनील कटवाल १९५ मतसहित विजयी भए । सचिवमा गोपाल ढकाल २१४ मत प्राप्त गर्दै विजयी भएका छन् । कोषाध्यक्षमा तेजुला खतिवडा १४९ मतसहित विजयी हुँदा सहकोषाध्यक्ष पदमा पवन केसी १६१ मतसहित विजयी भएका छन् ।

सदस्यमा इन्द्रबहादुर लामा, चन्द्रकला दाहाल, चन्द्रकला राई, छुल्ठिम गुरुङ, जीवन थापा, दमन रुपाखेती, नवीनकुमार श्रेष्ठ, रश्मि भट्ट, श्रीदेव भट्टराई र सुलेमान विजयी भएका छन् ।

प्रकाशित: ४ जेठ २०८३ ६:४७ | Monday, May 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast