‘अमेरिका-इरान युद्ध फेरि सुरु हुन सक्छ’

हिमाल प्रेस २० वैशाख २०८३ ६:४८ | Sunday, May 3, 2026
10
SHARES
‘अमेरिका-इरान युद्ध फेरि सुरु हुन सक्छ’

इरानका एक वरिष्ठ सैन्य अधिकारी मोहम्मद जाफर असादीले अमेरिकासँग फेरि युद्ध सुरु हुन सक्ने आशंका व्यक्त गरेका छन्। हाल युद्धविराम छ।

इरानको समाचार एजेन्सी फोर्सका अनुसार उनले इरानको सेना पूर्ण रूपमा तयार रहको उल्लेख गर्दै अमेरिकाले हमला गरे जवाफ दिने चेतावनी पनि दिएका छन्। यस्तै अमेरिकाले कुनै पनि सम्झौता वा वाचा पालना नगर्ने आरोप पनि उनले लगाएका छन्।

असादीले भनेका छन्, ‘अमेरिकी अधिकारीहरूको भनाइ र कदम प्रायः देखावटी र सञ्चारमाध्यमका लागि हुन्। उनीहरूको उद्देश्य पहिलो तेलको मूल्य घट्नबाट रोक्नु हो र दोस्रो उनीहरूले सिर्जना गरेको कठिन परिस्थितिबाट बाहिर निस्कनु हो।’

उता अमेरिकाका राष्ट्रपति ट्रम्पले कुनै पनि परिस्थितिमा इरानलाई आणविक हतियार हासिल गर्न नदिइने बताएका छन्।

उनले भनेका छन्, ‘किनकि यसले विश्वव्यापी सुरक्षाका लागि ठुलो खतरा निम्त्याउँछ। यही कारण अमेरिकाले इरानविरुद्ध युद्ध गर्नुपर्‍यो।’

प्रकाशित: २० वैशाख २०८३ ६:४८ | Sunday, May 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast